INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकारको अवस्था अनुगमन गर्न द्रूत अनुगमन तथा कार्य टोली गठन

राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार उल्लङ्घनका घटनाहरूको अनुगमन गर्न ‘द्रुत अनुगमन तथा कार्य टोली’ गठन गरेको छ ।

आयोगको कानुन, अनुसन्धान तथा अनुगमन विभागका निर्देशकको नेतृत्वमा यस्तो टोलीको गठन गरिएको आयोगले जनाएको छ ।

‘उक्त टोलीले काठमाडौँ उपत्यकालगायत देशका सम्पूर्ण भागमा घट्ने गम्भीर प्रकृतिका मानव अधिकार हनन्का विषयहरूलाई अनुगमन गरी आयोगमा तत्कालै प्रतिवेदन पेश गर्नेछ ।’–आयोगद्वारा असार ४ गते जारी विज्ञप्तिमा भनिएको छ ।

विगत केही समय यता भएका अभिव्यक्ति स्वतन्त्रता, सामाजिक तथा साँस्कृतिक अधिकार, दण्डहीनताको स्थिति, गैरकानूनी थुना, यातना, स्वास्थ्यको अधिकार, नियोजित पुनः पक्राउका घटना, दोहोरो भीडन्त र हत्या, विष्फोटन, जबर्जस्ती चन्दा, विधिको शासन विपरितका कार्य, अत्याधिक बल प्रयोग जस्ता घटनाहरूप्रति आयोग चिन्तित रहेको विज्ञप्तिमा उल्लेख छ ।

‘कुनै पनि अधिकार वहालीको लागि कानूनसम्मत मार्गको अबलम्बन गर्नु आमनागरिकको कर्तव्य हुन आउँछ । अधिकार संरक्षणको विषय सरोकारवालाहरूसँगको पर्याप्त संवाद र छलफलमा केन्द्रित हुनु पर्दछ । प्रत्येक विषयमा देखिने गरेका विरोध, प्रदर्शन र बल प्रयोगको स्थितिबाट मानव अधिकार संस्कृतिको निर्माणमा थप चुनौती सिर्जना हुने आयोगको निष्कर्ष रहेको छ ।’–विज्ञप्तिमा उल्लेख छ ।

अन्य

भिडियो