१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ५० वर्षीय बाबुलाई असार २ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०७५ चैत ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले ०७६ जेठ ३१ गते जिल्ला प्रहरी कार्यालय, स्याङ्जामा उजुरी दिएको थियो ।
घटना पश्चात् फरार आरोपितलाई पीडित पक्षको उजुरीको आधारमा गिरफ्तार गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका डिएसपी नविनकृष्ण भण्डारीले जानकारी दिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ ३१ गते नै जिल्ला अस्पताल, स्याङ्जामा गरिएको प्रहरीले जनाएको छ ।