कञ्चनपुर कारागारमा क्षमताभन्दा तेव्बर कैदीबन्दी भएका कारण कैदीबन्दीहरू ग्यालरी र बाहिर त्रिपालमुनी सुत्न बाध्य भएका छन् ।
७५ जना पुरूष र २० जना महिला गरी ९५ जनाको क्षमता भएको जिल्ला कारागारमा २ सय ५० जना कैदी र ३४ जना थुनुवा गरी २ सय ८४ जना कैदीबन्दी रहेका छन् । जसमा १६ जना महिला रहेका छन् ।
गर्मी र हुरी बतासको मौसममा कैदीबन्दीहरू ग्यालरी र बाहिर सुत्नु परेका कारण समस्यामा रहेका छन् । क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण कारागारमा खानेपानी, औषधि, शौचालयलगायतको समस्या भएको कारागारका जेलर श्यामराज भट्टले बताए ।
२०२३ सालमा बनेको यो कारागारमा दुई ओटा भवन रहेका छन् जसमध्ये एउटा भवन पुरानो र जीर्ण अवस्थामा रहेको छ ।
विद्यार्थीमा अनौठो समस्या देखिएपछि तीन दिन विद्यालय बन्द
विद्यार्थीहरू अचानक बरबराउने, काम्ने र बेहोस भएर लड्ने गर्न थालेपछि