INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नीसहित तीन जनजालाई खुकुरी प्रहार, आरोपित गिरफ्तार

दुधौली नगरपालिका–१३ ठाकुर दमारकी ४० वर्षीया कृतिकुमारी खत्रीलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ४५ वर्षीय पति तिलकबहादुर खत्रीलाई जेठ २७ गते गिरफ्तार गरेको छ ।

जेठ २७ गते बिहान ८ः३० बजे तिलकले प्रहार गरेको खुकुरीबाट कृतिकुमारीसँगै कृतिका १९ वर्षीय भदा भाइ सुरेश खड्का र बुहारी २२ वर्षिय सपना खत्री रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

घाइतेमध्ये कृतिको अवस्था गम्भीर रहेको छ भने सुरेशको अवस्था मध्यम र सपनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी लोकदर्शन थापाले बताए । उनका अनुसार आरोपित खत्रीको मानसिक सन्तुलन बिग्रिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

घाइतेहरूमध्ये सपनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ भने कृति र सुरेशलाई थप उपचारका लागि विराटनगर पठाइएको छ ।

अन्य

भिडियो