INSEC Online

📅 २०८३ जेष्ठ २१

बन्चरो प्रहार गरी पत्नीको हत्या प्रयास, आरोपित गिरफ्तार

जानकी गाउँपालिका–३ की ४५ वर्षीया कप्तरा हरिजनलाई बन्चरो प्रहार गरी हत्या प्रयास गरेको आरोपमा प्रहरीले ५९ वर्षीय पति पन्चराम हरिजनलाई जेठ २५ गते गिरफ्तार गरेको छ ।

पति पत्नीबीच भएको विवादका क्रममा आरोपितले जेठ २५ गते गरेको बन्चरो प्रहारबाट घाइते भएकी कप्तराको उपचार नेपालगन्ज शिक्षण अस्पतालमा भइरहेको छ । स्थानीयका अनुसार १५/१६ दिन अघिबाट उनीहरूबीच विवाद हुँदै आएको थियो ।

बन्चरो प्रहार गरी खेतको बाटो हुँदै प्रहरी कार्यालय आइरहेका आरोपितलाई पीडित पक्षको मौखिक उजुरी पश्चात प्रहरीले गिरफ्तार गरेको सई राजन सिंहले बताए ।

अन्य

भिडियो