बर्दिवास नपा–२ का १५ वर्षीय सुरज मुखियाको अनुहारमा जेठ २४ गते राति अपरिचित व्यक्तिले एसिड प्रहार गरेका छन् । एसिड प्रहारबाट मुखिया घाइते भएका छन् ।
जेठ २४ गते शुक्रबार राति बर्दिवास चोकबाट घर फर्कने क्रममा बालकमाथि एसिड प्रहार भएको प्रहरीले जनाएको छ ।
मुखियाको अहिले बर्दिवास नपा–१४ स्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासका इन्स्पेक्टर अशोक साहले बताए ।
मुखियाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सक डा. सीताराम पराजुलीले जानकारी दिए ।
एसिड कसले र के कारण प्रहार गरेको थाहा नभएको बताउँदै प्रहरीmले घटनाबारे अनुसन्धान थालेको जनाएको छ ।