INSEC Online

📅 २०८३ जेष्ठ २१

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता रिहा लगतै पुनः गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोरखा इञ्चार्ज ४८ वर्षीय योगेन्द्र कुमाल जेठ २१ गते रिहा भए लगत्तै फेरि गिरफ्तारीमा परेका छन् ।

वैशाख २२ गते पालुङटार नगरपालिका–७ च्याङलीबाट गिरफ्तार परेका कुमाललाई राजद्रोह अन्तर्गत मुद्दा दर्ता भएको थियो । कुमाललाई वैशाख २७ गते जिल्ला अदालतले ५ हजार रुपियाँ धरौटीमा छोड्ने आदेश दिएको थियो ।

सोही दिन वैशाख २७ गते नै उनलाई प्रहरीले पुनः गिरफ्तार गरी प्रहरीले सार्वजनिक शान्ति विरूद्घको कसुरमा मुद्दा चलायो ।

पुनः जिल्ला प्रशासन कार्यालय गोरखाले कुमाललाई जेठ २१ गते १ हजार रुपियाँ धरौटीमा रिहा गरेको छ ।

रिहा लगत्तै फेरि जेठ २१ गते नै कुमाललाई आगजनी अन्तर्गत मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तनहुँ पठाइएको एसपी भोला रावलले बताए । कुमालको स्थायी घर गोरखा नगरपालिका–१२ दशकिलो हो ।

अन्य

भिडियो