INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकको पहलमा विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण

हेल्पिङ ह्यान्ड्स फर नेपाल—नर्वेको आर्थिक सहयोगमा इन्सेकको इएलपी कार्यक्रम सञ्चालित विद्यालय खानीगाउँ मावि बगनासकालीका १ सय ८ जना विद्यार्थीहरूलाई जेठ १८ गते विद्यालय पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।

रोजगारी वा अध्ययनको सिलसिलामा नर्वेमा रहेका युवाहरूको उक्त संस्थाले गरिव तथा विपन्न समुदायले अध्ययन गर्ने विद्यालयका विद्यार्थीहरूको सहयोगार्थ प्रस्तावनापत्र आह्वान गरेको थियो ।

त्यसका लागि विद्यालयका तर्फबाट इन्सेक जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाले संस्थासँग समन्वय सहित प्रस्तावना पेश गर्न सहयोग गरेका थिए ।

प्रस्तावनापत्रको आधारमा संस्थाले पोशाक तथा शैक्षिक सामग्री खरिदका लागि विद्यालयको नाममा १ लाख रुपियाँ उपलब्ध गराएको थियो ।

photo20190602palpa

अन्य

भिडियो