INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा तीन वर्ष कैदको फैसला

चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले जेठ १६ गते शान्तिनगर–४ का १६ वर्षीय बालकलाई ६ वर्ष कैदको फैसला गरेको छ ।

न्यायाधीश हेमन्त रावलको इजलासले आरोपित बालकलाई दोषी ठहर गर्दै ६ वर्ष कैदको फैसला सुनाएकोमा नाबालक भएकाले आधा सजाय मिनाहा गरी तीन वर्ष कैद कायम गरेको अदालतका श्रेष्तेदार धनीप्रसाद प्रसाईले बताए । बालकलाई कैद भुक्तानका लागि भक्तपुरस्थित बाल सुधार गृहमा पठाइएको श्रेष्तेदार प्रसाईले बताए ।

पीडित बालिकालाई प्रलोभन देखाएर आरोपितले ०७४ माघ २४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ २६ गते प्रहरीमा उजुरी दिएको थियो ।

प्रहरीले आरोपितलाई माघ २७ गते गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ २६ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको थियो ।

अन्य

भिडियो