INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले इलाम जिल्ला, रोङ गाउँपालिका–३ स्थायी घर भई कन्काई नगरपालिका–४ स्थित कोटीहोममा बस्दै आएका ४४ वर्षीय छत्रबहादुर गुरूङलाई जेठ १३ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले पटकपटक बलात्कार गरेको र अन्तिम पटक वैशाख २९ गते बलात्कार गरेको आरोपमा पीडितले आरोपितविरूद्घ जेठ १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण मेची अञ्चल अस्पतालमा जेठ १३ गते गरिएको छ ।

अन्य

भिडियो