INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास गरेको कसुरमा ३ वर्ष ६ महिना कैदको फैसला

३९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा रिब्दीकोट गाउँपालिका वडा नं. ७ ठिमुरेका २३ वर्षीय हिमाल पचभैयालाई जिल्ला अदालत पाल्पाले जेठ १४ गते ३ वर्ष ६ महिनाको कैद फैसला सुनाएको छ ।
न्यायाधीश शंकर बरालको इजलासले बलात्कारको मुद्दालाई बलात्कार प्रयासमा परिणत गर्दै उक्त फैसला सुनाएको हो ।

पीडित महिलालाई पचभैयाले ०७५ भदौ १५ गते बलात्कार गरेको भन्दै पीडित महिलाले भदौ १६ गते प्रहरीमा उजुरी दर्ता गराएकी थिइन् ।

पचभैयालाई प्रहरीले भदौ १६ गते नै गिरफ्तार गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो ।

अन्य

भिडियो