१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले जेठ १० गते १७ वर्षीय बालकलाई १४ वर्ष कैद गर्ने फैसला गरेको छ ।
न्यायाधीश हेमन्त रावलको इजलासले दोषी ठहर गर्दै १४ वर्ष कैद गरेकोमा नाबालक भएकाले कुल सजायको दुई तिहाइ सजाय साढे १० वर्ष कैद गरिएको अदालतका श्रेष्तेदार धनीप्रसाद प्रसाईले बताए ।
पीडित बालिकालार्य आरोपितले ०७५ कात्तिक २३ गते प्रलोभन देखाएर बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर १२ गते इलाका प्रहरी कार्यालय गढवामा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर १२ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको थियो ।