विवाहमा भनेजति दाइजो नदिएको आरोपमा मण्डपमै बेहुली छोडेर हिँडेको आरोपमा प्रहरीले जहदा गाँउपालिका–४ का २४ वर्षीय लक्ष्मण राजवंशीलाई जेठ ८ गते गिरफ्तार गरेको छ ।
जेठ ४ गते विवाह विधि चलिरहँदा मण्डपमै बेहुली छोडेर हिँडेका आरोपितलाई पीडितको उजुरीका आधारमा गिरफ्तार गरी कारवाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी घनश्याम श्रेष्ठले बताए ।
जहदा गाँउपालिकाकै २१ वर्षीया युवतीसँग गत ४ गते विवाह हँुदै गर्दा लक्ष्मणले एउटा मोटरसाइकल, सुनको सिक्री र डाइनिङ टेवल थप माग गरेकामा बेहुली पक्षले दिन नसक्ने बताएपछि उनीसहित जन्ती बेहुली छोडेर गएका थिए ।