नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको मेची ब्यूरो सदस्य तथा इलाम इञ्चार्ज ४१ वर्षीय सर्व श्रेष्ठलाई प्रहरीले विर्तामोड नगरपालिका–५ बाट जेठ ७ गते गिरफ्तार गरेको छ ।
जेठ ७ गते साँझ भन्दै मेची ब्यूरो संयोजक प्रमोदद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत श्रेष्ठलाई विना शर्त रिहाईको माग गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले विप्लवका कार्यकर्ता गिरफ्तारीमा परेको सूचना आफूलाई प्रहरी युनिटबाट नआएको बताए ।