INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीको गोलीबाट एक जना घाइते

आपराधिक गतिविधिमा सामेल भएको आरोपमा सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका–२ का ३५ वर्षीय विष्णु लामालाई नियन्त्रणमा लिने क्रममा प्रहरीले जेठ ६ गते गोली चलाएको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले जेठ ६ गते बिहान काठमाडौँको टोखाबाट लामालाई नियन्त्रणमा लिइएको महाशाखाका एसएसपी सहकुलबहादुर थापाले जानकारी दिए ।

आपराधिक गतिविधिमा सामेल भएको आरोपमा लामालाई प्रहरीले नियन्त्रणमा लिने क्रममा घुँडामुनि गोली प्रहार गरेको जनाएको छ । लामाले पहिला प्रहरीलाई पेस्तोल देखाएपछि उनीमाथि गोली प्रहार गरेको प्रहरीले जनायो ।

गोली प्रहारबाट घाइते भएका लामाको वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ०६७ वैशाखमा डाँका अभियोगमा गिरफ्तरीमा परी अदालतबाट दोषी ठहर भएपछि करिब सात वर्ष जेल बसेर उनी ०७२ सालमा थुनामुक्त भएका थिए ।

अन्य

भिडियो