लिखु तामाकोसी गाउँपालिका–३ की ५० वर्षीया धनकुमारी दमाईलाई चिरुवा दाउरा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ६१ वर्षीय पति निरबहादुर दमाईलाई जेठ ३ गते गिरफ्तार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर शेख अदालतका अनुसार जेठ २ गते खाना पकाइरहेको बेला निरबहादुरले पत्नीको हत्या हत्या गरेका हुन् । उनले उत्तिसको चिरुवा दाउरोले निधार र टाउकोमा प्रहार गर्दा ज्यान गएको प्रहरीले जनाएको छ ।