दोलखा डाडाँगाउँपालिका–४ मालीगाउँ घर भई काठमाडौँ महानगरपालिका–५, कालोपुल बस्ने २० वर्षीया जेनी खड्कामाथि काभ्रे नवबुद्ध नगरपालिका–३ फुलबारीका ३६ वर्षीय पति विष्णु भुजेलले एसिड प्रहार गरेको आरोपमा प्रहरीले आरोपितलाई जेठ १ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले जेठ १ गते साँझ ८ बजेको समयमा डेरामै पत्नीमाथि एसिड प्रहार गरेको भन्दै पीडित पक्षले सोही दिन आरोपितविरूद्ध महानगरीय प्रहरी वृत्त कमलपोखरीमा उजुरी दिएपछि उक्त उजुरीको आधारमा आरोपितलाई महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले काडाँघारी सनसिटी अपार्टमेन्ट नजिकैबाट तत्कालै गिरफ्तार गरेको महानगरीय प्रहरी परिसर टेकुका डिएसपी होविन्द्र बोगटीले बताए ।

एसिड प्रहारबाट घाइते भएकी पीडित जेनीकाको उपचार कीर्तिपुर अस्पतालमा भइरहेको छ । एसिडले उनको अनुहार, घाँटी तथा दुवै हात जलेको कीर्तिपुर अस्पताल प्रशासनले जनाएको छ ।