INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भीमेश्वर नगरपालिका–७ का ४३ वर्षीय रामबहादुर तामाङलाई वैशाख ३१ गते गिरफ्तार गरेको छ ।

आरोपितले पीडित बालिकालाई वैशाख १८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित विरूद्ध ३१ गते जिल्ला प्रहरी कार्यालय दोलखामा उजुरी दिएपछि उक्त उजुरीको आधारमा प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरेको प्रहरीले बतायो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख ३१ गते प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा गरिएको प्रहरीले बतायो ।

अन्य

भिडियो