INSEC Online

📅 २०८३ जेष्ठ २१

विप्लव नेतृत्वको नेकपाका नगर इञ्चार्ज गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका छेडागाड नगरपालिका, जाजरकोटका इञ्चार्ज छेडागाड नपा–१३ कार्कीगाउँ बस्ने ४० वर्षीय कैलाश पुन (दिप लामा) लाई प्रहरीले वैशाख ३१ गते राति गिरफ्तार गरेको छ ।

सरकारले प्रतिबन्ध लगाएको दलमा आबद्ध भई प्रतिबन्धित गतिविधिमा संलग्न भएको आरोपमा पुनलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटका डिएसपी श्याम खत्रीले बताए ।

सो पार्टीका जिल्ला इञ्चार्ज नेकपा जाजरकोटका प्रेमप्रकाश वलीले भने पार्टीमा आस्था राखेकै भरमा प्रहरीले पुनलाई अपहरणको शैलीमा गिरफ्तार गरेको आरोप लगाए ।

अन्य

भिडियो