१५ वर्षीया बालिकालाई बेचबिखन गरेको आरोपमा प्रहरीले काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ बस्ने ३५ वर्षीया भावना तामाङलाई वैशाख ३१ गते उनको घरैबाट गिरफ्तार गरेको छ ।
भारत घुम्न जाने भन्दै लैजाने क्रममा आफन्त नेपालले वैशाख ३ गते भूजेल र अर्का आरोपित भारतको मोतीहारी जिल्ला पूर्वी चम्पारहण घर भइ हाल चन्द्रगिरी–२ मा काम गरी बस्ने २५ वर्षीय मुकेश रामलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय चितवनले मुद्दा चलाइसकेको छ ।
वैशाख ४ गते जिल्ला प्रहरी कार्यालय चितवनमा पीडित आफैँले मानव बेचबिखनको आरोपमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दुर्गाराज रेग्मीले बताए ।