INSEC Online

📅 २०८३ जेष्ठ २१

गैसस र व्यवसाय दर्ता गर्न विप्लव नेतृत्व नेकपा निकट जनपरिषद्को ‘उर्दी’ !

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट जनपरिषद् नेपालले अछाम जिल्लामा कार्यरत गैरसरकारी संस्था र उद्योग व्यवसाय आफ्नोमा दर्ता गर्न ‘उर्दी’ जारी गरेको छ ।

जिल्ला जनपरिषद्ले दर्ता गर्ने सम्बन्धमा पत्र सार्वजनिक गर्दै उसले वैशाख २९ गतेबाट लागुहुनेगरी १५ दिनभित्र दर्ता हुन उर्दी जारी गरेको हो ।

जिल्ला जनपरिषद् प्रमुख सौगातद्वारा हस्ताक्षर गरिएको उक्त पत्रमा जिल्लामा कार्यरत गैरसरकारी संस्था, निजी विद्यालय, वित्तिय संस्था, व्यापार÷व्यवसाय, निजी मेडिकललाई १५ दिनभित्र दर्ता गरिसक्न भनिएको छ ।

सो उर्दीमा भनिएअनुसार आउँदो जेठ १३ गतेसम्म संस्था, व्यवसाय दर्ता गर्नुपर्ने भनिएको छ । तोकिएको मितिभित्र दर्ता प्रक्रियामा नआएमा सम्पुर्ण काम कारवाही रोक्का गरिने उक्त पत्रमा उल्लेख छ ।

जनपरिषद्को उर्दीले सङ्घसंस्था सञ्चालक, उद्योगी, व्यापारी, व्यवसायीहरूमा त्रास फैलिन थालेको छ ।

उद्योग वाणिज्य सङ्घ अछामका महासचिव बमबहादुर रावलले पत्रका बारेमा अहिलेसम्म कुनै जानकारी नपाएको बताए । जिल्ला प्रहरी कार्यालयका डिएसपी जनकबहादुर शाहीले उक्त पत्रका बारेमा खोजी गरिने बताए ।

photo20190513achham

अन्य

भिडियो