नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्व नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका कैलाली जिल्ला अध्यक्ष बबरजङ्ग बहादुर सिंहलाई प्रहरीले वैशाख २७ गते गिरफ्तार गरेगको छ ।
बझाङ्गका ३५ वर्षीय सिंह धनगढी उमनपा–१६ स्थित बेहडाबाबा माध्यमिक विद्यालयबाट शुल्क बृद्धिको विरोध गरिरहेको बेला प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यलय, कैलालीका डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिए ।