पाँच वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले वैशाख २७ गते घोराही उमनपा–२ का १८ वर्षीय मुकेश बिकलाई १६ वर्ष कैदको फैसला गरेको छ ।
न्यायाधीश हेमन्त रावलको इजलासले १६ वर्ष कैद र पीडितलाई स्थानीय तहबाट ५० हजार रुपियाँ क्षतिपुर्ति उपलब्ध गराउने फैसला गरेको श्रेष्तेदार धनीप्रसाद चपाईले बताए ।
पीडित बालिकालाई बिकले ०७५ माघ १६ गते बलात्कार गरेको भन्दै पीडितपक्षले माघ १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
प्रहरीले आरोपितलाई माघ १६ गते गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७५ माघ १७ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो ।