इलाका प्रहरी कार्यालय कोहलपुरले वैशाख २५ गते नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्यसहित दुई जनालाई विष्फोटक पदार्थ सहित गिरफ्तार गरेको जनाएको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रमेशबहादुर सिंहको नेतृत्वमा गएको टोलीले पोलिटव्युरो सदस्य कालिकोट जिल्ला रासकोट नपा–६ का ३० वर्षीय भरत बम र उनका सहयोगी ४२ वर्षीय सत्यबहादुर शाहीलाई गनापुरबाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा गनापुरस्थित एक कम्पनीमा चन्दा माग्ने क्रममा चन्दा नदिएपछि पोलिटव्युरो सदस्य भरत बम र शाही प्रेसर कुकर बम लिएर त्यस स्थानमा बम राख्न जाँदै गर्दा गिरफ्तार गरिएको डिएसपी सिंहले बताए ।
आरोपितहरूबाट कुकर बमसहित पार्टीको अति आवश्यक दस्तावेजहरू समेत प्रहरीले बरामद गरेको डिएसपी सिंहले बताए । आरोपितहरूलाई इलाका प्रहरी कार्यालय कोहलपुरमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।