INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात पक्षबाट वडा कार्यलयमा आगजनी

बडीकेदार गाउँपालिका–४ मान्नाकापडीको वडा कार्यालयमा वैशाख २४ गते अज्ञात पक्षबाट आगजनी गरिएको छ वडा कार्यालयले जनाएको छ ।

आगजनीबाट वडा कार्यालयमा भएका सम्पूर्ण कागजातहरू जलेर पूर्ण रूपमा नष्ट भएको वडा नम्बर–४ का वडाध्यक्ष वीरेन्द्रबहादुर कोटकेनीले बताए ।

उनले भने–‘वडा कार्यालयको ढोका तोडफोड गरेर सबै सामग्री र कागजात एक ठाउँमा जम्मा पारेर आगो लगाइएको छ । आगलागीबाट ८ लाख रुपियाँ बराबरको क्षति भएको छ ।’

वडा कार्यालयमा आगजनी हुनु दुःखद् भएको भन्दै बडीकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले घटनाका बारेमा निष्पक्ष रूपमा छानविन गरी दोषीलाई कानुनी कारवाहीका लागि माग गरेका छन ।

आगो कसले र किन लगायो ? भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, डोटीका प्रमुख बिद्यानन्द माझीले बताए ।

अन्य

भिडियो