INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

शारीरिक रूपमा अशक्त ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–३२ का ३५ वर्षीय फिरोज अलीलाई वैशाख २२ गते गिरफ्तार गरेको छ ।

बलात्कार घटनाका आरोपित फिरोज र फिरोजलाई साथ दिएको आरोपमा उनका साथी पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–३२ का ३१ वर्षीय तफाजु देवानलाई पनि वैशाख २२ गते गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय ढल्केवरका इन्स्पेक्टर सरोज राईले बताए ।

पीडित महिलालाई आरोपितले वैशाख २१ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख २२ गते इलाका प्रहरी कार्यालय ढल्केवरमा उजुरी दर्ता गराएको इन्स्पेक्टर राईले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जनकपुर अञ्चल अस्पतालमा वैशाख २२ गते गरिएको इन्स्पेक्टर राईले बताए ।

अन्य

भिडियो