INSEC Online

📅 २०८३ जेष्ठ २१

सामुदायिक विद्यालयका छात्रालाई सेनिटरी प्याड निःशुल्क

सरकारले यो वर्षदेखि देशभरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई ‘सेनिटरी प्याड’ निःशुल्क उपलब्ध गराउने भएको छ ।

वैशाख २० गते सङ्घीय संसदको दुवै सदनलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले सो कुरा घोषणा गरेकी हुन् । महिनावारी भएका बेला छात्राहरुलाई विद्यालय जान प्रोत्साहित गर्न यो व्यवस्था गर्न लागिएको हो ।

सरकारले यो व्यवस्था लागु गरेमा देशभरका हजारौँ छात्राहरु लाभान्वित हुनेछन् । सरकारले गत वर्ष सुरु गरेको विदार्थी भर्ना अभियानलाई निरन्तरता दिई आगामी दुई वर्षभित्र विद्यालय जाने उमेर समूहका सबै बालबालिकालाई विद्यालय भर्ना गरिसक्ने लक्ष्य राखेको छ ।

प्राथमिक तहमा भर्ना भएको जुनसुकै विद्यार्थीले माध्यमिक तह पूरा गर्ने सुनिश्चित गर्न लक्षित वर्गलाई छात्रवृत्ति, दिवा खाजा र विद्यार्थीमैत्री पाठ्यक्रमको व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

अन्य

भिडियो