१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलार्य वैशाख १९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले वैशाख १५ गते बलात्कार गरेको भनी पीडित पक्षले वैशाख १९ गते प्रहरीमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्रबहादुर शाहीले बताए ।
पीडित बालकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सल्यानमा वैशाख १९ गते गरिएको प्रहरीले जनाएको छ ।