INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल विद्यार्थी सङ्घका कार्यकर्ता गिरफ्तार

नेपाल विद्यार्थी सङ्घका निवर्तमान केन्द्रिय सदस्य नवराज त्रिपाठीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर खुलेका क्याम्पसले मापदण्ड विपरीत विद्यार्थी भर्ना गरेको भन्दै आन्दोलनमा उत्रिएका नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताहरूमध्ये केन्द्रीय सदस्य नवराज त्रिपाठीलाई वैशाख १७ गते प्रहरीले गिरफ्तार गरेको हो ।

काठमाडौँको पुरानो बानेश्वरस्थित सायम क्याम्पसमा प्रदर्शन गर्ने क्रममा वैशाख १७ गते सोधपुछका लागि भन्दै गिरफ्तार गरेको महानगरीय प्रहरी वृत्त बानेश्वरले बताएको छ ।

आफूहरूको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको र त्रिपाठीलाई गिरफ्तार गरेको नेविसङ्घले आरोप लगाएको छ ।

अन्य

भिडियो