INSEC Online

📅 २०८३ जेष्ठ २१

कथित बोक्सी आरोपमा कुटपिट घटनाका आरोपित गिरफ्तार

६० वर्षीया एकल महिलालाई कथित बोक्सीको आरोपमा कुटपिट गर्ने इनरूवा नगरपालिका–१० जल्पापुरका ३५ वर्षीय पवनलाल शर्मालाई प्रहरीले वैशाख १७ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले वैशाख १४ गते कथित बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको पीडित महिलाले बताइन् ।

पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा वैशाख १७ गते उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको डिएसपी ज्ञानेन्द्र फुयाँलले बताए ।

आरोपितले बाँसको भाटा र मुक्काले प्रहार गर्दा पीडितको कोख, दाहिने हात र पेटमा चोट लागेको र उनको उपचार वैशाख १४ गतेदेखि जिल्ला अस्पतालमा गराइरहेको डिएसपी फुयाँलले बताए ।

अन्य

भिडियो