INSEC Online

📅 २०८३ जेष्ठ २१

विप्लव नेतृत्वको नेकपाका जिल्ला इञ्चार्ज सहित १० जना गिरफ्तार

जिल्ला प्रहरी कार्यालय, बाजुराले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका बाजुरा इञ्चार्ज सहित १० जना कार्यकर्ताहरूलाई वैशाख १७ गते बुढिगङ्गा नगरपालिकाका–१ अम्कोटबाट गिरफ्तार गरेको छ ।

गिरफ्तार पर्नेमा बाजुरा जिल्ला इञ्चार्ज भुप्रेन्द्र विक, जिल्ला सचिव भरत थापा, जिल्ला कमिटी सदस्य अङ्गराज भण्डारी, पवित्रा बिक, विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी सङ्गठनका गोरख रोकाया, समीक्षा बिक, सुशीला बिक, सुस्मिता बिक, केशातार बिक र प्रेम थापा रहेको जिल्ला प्रहरी कार्यालय, बाजुरामा प्रमुख उद्धबसिं भाटले जानकारी दिए ।

गिरफ्तार गरिएकाहरूबाट दुई ओटा डेटोनेटर, दुई ओटा हेन्डग्रिनेट, दुई प्याकेट गन पाउडर र लाखौँ रकम चन्दा सङ्कलन गरेको चन्दा रसिद बरामत गरेको प्रहरीले जनाएको छ  ।

उनीहरूमाथि मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ७ को दफा १ सय ३८ अनुसार विष्फोटक पदार्थसम्बन्धी कसुर ऐन अन्तर्गत मुद्दा र दफा ५० अनुसार राज्यद्रोह विरूद्धको मुद्दा चलाउने प्रहरी प्रमुख भाटले बताए ।

अन्य

भिडियो