INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१४ वर्षीय बालिकालाई क्षीरेश्वरनाथ नपा–५ का ३३ वर्षीय राजकुमार साहले बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख १६ गते ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उजुरी दिएको छ ।

पीडित बालिकालाई आरोपितले वैशाख १५ गते दिउँसो बेहोस पारी बलात्कार गरेको पीडित पक्षको आरोप छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख १६ गते जनकपुर अञ्चल अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।

घटनाका आरोपित साहलाई वैशाख १६ गते गिरफ्तार गरी अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर अमिर दहालले बताए ।

अन्य

भिडियो