३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्हरीले बाँसगढी नपा–७ सघापुरका २० वर्षीय उनिस यादवलाई वैशाख १४ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले वैशाख १४ गते बलात्कार गरेको भनी सोही दिन मौखिक उजुरी प्राप्त भए लगत्तै इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीको टोलीले यादवलाई घरैबाट गिरफ्तार गरेको हो ।
पीडित महिलाले आरोपितविरूद्ध बलात्कार गरेको आरोपमा वैशाख १५ गते इलाका प्रहरी कार्यालय मोतिपुरमा लिखित उजुरी दर्ता गराएकी छन् । पीडित महिलाको स्वास्थ्य परीक्षण वैशाख १४ गते जिल्ला अस्पताल गुलरियामा गरिएको छ ।