INSEC Online

📅 २०८३ जेष्ठ २१

परिवारका सदस्य मिलेर महिलाको हत्या, आरोपितहरू फरार

छिन्नमस्ता गापा–२ की २१ वर्षीया गीतादेवी मण्डललाई हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले उनका पति २५ वर्षीय निरजकुमार मण्डल र ससुरा ४५ वर्षीय रामबावु मण्डलविरूद्ध वैशाख १३ गते कर्तव्य ज्यानको उजुरी दर्ता गरेको छ ।

अनुसन्धानका क्रममा हत्या गरेको देखिएकाले र परिवारका सदस्यहरू कसैले उजुरी नदिएपछि प्रहरी प्रतिवेदनका आधारमा उजुरी दर्ता गरिएको सप्तरी प्रहरीले जनाएको छ ।

घटनास्थलमा महिलाको चुराहरू फुटेको र घरका भित्ताहरूमा कुटपिट र सङ्घर्ष भएको निशान फेला परेको प्रहरीले जनाएको छ । एसपी राजेन्द्र विष्टका अनुसार ०७५ असोज २९ गते हत्या गरेदेखि नै आरोपितहरू फरार छन् ।

घटना भएको थाहा पाएपछि प्रहरी घटनास्थल पुग्नु अगावै घरपरिवारका सदस्यहरू मात्र भएर राति नै शव जलाएकाले शव उत्खनन गरी हड्डीहरूको फोरेन्सिक जाँच परीक्षण केन्द्रीय विधि विज्ञान प्रयोगशाला काठमाडौँबाट गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो