कारागारमा रहेका कैदीबन्दी बिच झडप हुँदा ध्रुव हरीजन र नविन दर्लामीसहित केही बन्दी घाइते भएका छन् ।
कारागारमा २०७३ कात्तिक २ गते बिहान खाना खाने समयमा दाल नराम्रो लागेको भनी एक आपसमा भनाभन हुँदा चिरुवा दाउरा प्रहारबाट उनीहरू घाइते भएका हुन् ।
एक आपसमा भएको विवादका कारण उनीहरू घाइते भएको जेलर पप्पुप्रसाद यादवले जानकारी दिए ।
उनीहरूको उपचार जिल्ला अस्पताल र कारागार कै डाक्टरबाट गराइएको पनि यादवले जानकारी दिए ।