INSEC Online

📅 २०८३ जेष्ठ २१

विप्लव निकट नेकपाकी कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व नेकपा निकट अखिल नेपाल क्राान्तिकारी महिला सङ्घकी केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज ३५ वर्षीया कल्पना सुवेदीलाई पाँच वर्षीय छोरासहित प्रहरीले वैशाख १० गते गिरफ्तार गरेको छ ।

गिरफ्तार गरिएकी सुवेदी रुपन्देही जनसरकार प्रमुख शिशिर जिसीकी पत्नी हुन् । वैशाख १० गते राति घरमै छोरासँगै सुतिरहेकी सुवेदीलाई प्रहरीले गिरफ्तार गरेको स्थानीयको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी धर्मराज भण्डारीका अनुसार गिरफ्तार गरिएकी सुवेदीलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको र राज्य विरूद्धको अपराधसम्बन्धी कसुरमा कारवाही अगाडि बढाइने छ ।

डिएसपी भण्डारीले पीडितका पाँच वर्षीय छोरा सम्भव जिसी आमासँगसँगै भएको र आमालाई गिरफ्तार गर्दा रोएकोले लिएर आएको बताए । उनले सानो बाबुलाई कोही आफन्त लिन आएमा पठाउने इन्सेक जिल्ला प्रतिनिधिलाई बताए ।

अन्य

भिडियो