INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले वैशाख ५ गते सप्तरी राजविराज नगरपालिका १४ गोर्खाली टोल घर भई हाल विराटनगर महानगरपालिका–१४ जतुवा बस्ने ३० वर्षीय  दिपक राउतलाई गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई ०७५ फागुन ६ गते बेपत्ता भएको भन्दै पीडित परिवारले इलाका प्रहरी कार्यालय रानीमा उजुरी दिएका थिए ।

लामो समय खोजी गरिरहेको प्रहरीले काठमाडौं महानगरपालिका–९ स्थित तिलगङ्गा क्षेत्रमा रियामा फेला सोधपुछ गर्ने क्रममा बालिकालाई डर त्रास देखाई बन्धक बनाएर बलात्कार गरेको थाहा पाएपछि वैशाख ६ गते गिरफ्तार गरी मोरङ ल्याएको जिल्ला प्रहरी कार्यालयका डिएसपी घनश्याम श्रेष्ठले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षणका लागि वैशाख ६ गते विराटनगरस्थित कोशी अञ्चल अस्पताल पठाइएको समेत डिएसपी श्रेष्ठले बताए ।

अन्य

भिडियो