INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

अपाङ्गता भएकी २२ वर्षीया युवतीलाई काठेखोला गाउँपालिका–२ भिमपोखराका २७ वर्षीय ओमकार थापाले बलात्कार गरेको भन्दै पीडित पक्षले चैत २८ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएको छ ।

पीडित युवतीलाई आरोपित थापाले चैत २६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले उजुरी दिएपछि फरार आरोपितको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, बागलुङका एसपी कृष्णहरी शर्माले जानकारी दिए ।

पीडित युवतीको स्वास्थ परीक्षण चैत २८ गते धौलागिरी अञ्चल अस्पताल बागलुङमा गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो