INSEC Online

📅 २०८३ जेष्ठ २१

विप्लव नेतृत्वको नेकपाका तीन जना कार्यकर्ताद्वारा आत्मसमर्पण

नेकपा माओवादी विप्लव समुहका जिल्ला सदस्य सहित तीन जना कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गर्दै प्रहरी समक्ष आत्मसर्मपर्ण गरेका छन् ।

उनीहरूले इलाका प्रहरी कार्यालय गोरूसिङ्गेमा चैत २८ गते पत्रकार सम्मेलनमार्फत विज्ञप्ति जारी गदैं विप्लव नेतृत्वको नेकपा परित्याग गरेको घोषणा गर्दै प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन ।

इलाका प्रहरी कार्यालयको गोरूसिंहेको प्रहरी हिरासतमा रहेका शितगङ्गा नगरपालिका–११ अर्घाखाँचीका जिल्ला सदस्य २७ वर्षीय देवेन्द्र रेश्मी, बुद्धभूमि नगरपालिका–१ कपिलवस्तुका ५६ वर्षीय हरेराम थारू, बुद्धभूमि नगरपालिका–८ का ५४ वर्षीय शन्तराम पासी रहेका छन् ।

विप्लव नेतृत्वको नेकपाका महासचिव नेत्रविक्रम चन्दको प्रभाव क्षेत्र मानिने कपिलवस्तुमा यसअघि पनि प्रहरीले हतियार सहित उसका कार्यकर्ता नियन्त्रणमा लिएको थियो ।

उनीहरूलाई प्रहरीले चैत १३ गते गिरफ्तार गरेकोमा आत्मसमर्पण गरेपछि प्रहरीले निगरानीमा रहने गरी छाडिएको इलाका प्रहरी कार्यालय गोरूसिहेंका इन्स्पेक्टर सुवास खडकाले जानकारी दिए ।

अन्य

भिडियो