नेत्रविक्रम चन्द (विप्लप) नेतृत्वको नेकपाका दुई जना कार्यकर्तालाई चैत २७ गते प्रहरीले गिरफ्तार गरेको छ ।
गिरफ्तार पर्नेहरूमा नेकपानिकट अखिल नेपाल किसान सङ्घका कैलाली जिल्ला संयोजक ५२ वर्षीय उदयराम थापा र बर्दगोरिया गाउँपालिकाका जनसरकार प्रमुख ५० वर्षीय अमर बम रहेको इलाका प्रहरी कार्यालय, सुख्खडका असई शिबबहादुर विष्टले बताए ।
गिरफ्तार गरिएका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान गरिरहेको असइ विष्टले बताए ।