१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भजनी नगरपालिका–८ थापापुरका २५ वर्षीय भुखाली डगौरालाई चैत २७ गते गिरफ्तार गरेको छ ।
घटना भएकै दिन पीडित परिवारले उजुरी गरेपछि सोही दिन प्रहरीले आरोपितलाई गिरफ्तार गरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी दक्षकुमार बस्नेतले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत २७ गते सेती अञ्चल अस्पतालमा गरिएको छ ।