नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता हेमन्तप्रकाश वलीलाई थुनामा राख्न सर्वोच्च अदालतले चैत २७ गते आदेश दिएको छ ।
चैत ९ गते काभ्रेको खानीखोला–७ मिल्चेबाट गिरफ्तारीमा परेका वलीलाई गैरकानुनी रूपमा थुनामा राखेको भन्दै छोरी विपनाले सर्वोच्च अदालतमा चैत १४ गते दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट चैत २७ गते न्यायाधीश अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको इजलासले खारेज गरिदिएपछि सरकारले वलीलाई थुनामा राखी घटनाको अनुसन्धान गर्न पाउने भएको छ ।
सञ्चार माध्यमबाट नख्खुस्थित एनसेल मुख्यालयमा भएको बम आक्रमणको जिम्मा लिएका वलीलाई सर्वोच्चले गत चैत १४ गते बिहीबार उनलाई गिराफ्तार गर्नुको कारण सहित अदालतमा हाजिर गराउन सरकारलाई निर्देशन दिएको थियो ।
सो पार्टीका मध्य कमाण्ड इञ्चार्ज वलीमाथि महानगरीय प्रहरी परिसर ललितपुरबाट संगठित अपराधमा मुद्दा चलाइ अनुुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।