INSEC Online

📅 २०८३ जेष्ठ २१

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) ­नेतृत्वको नेकपाका दुई जना कार्यकर्तालाई अछाम प्रहरीले छुट्टाछुट्टै स्थानबाट गिरफ्तार गरेको छ ।

प्रहरीले नेकपाका अछाम जिल्ला सदस्य ढकारी गाउँपालिका-४ का ३६ वर्षीय लक्ष्मीराज साउद (वराट) लाई मेल्लेख गाउँपालिका-७ नन्देगडाबाट चैत २५ गते र मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका-१२ शोभा निवासी नेकपाका कार्यकर्ता आर्दश बुढा (आदी)लाई चौरपाटी गाउँपालिका-७ मार्कुबाट चैत २३ गते गिरफ्तार गरेको प्रहरीले जानकारी दिएको छ ।

उनलाई पार्टीको अभियान विस्तारिकरण र पार्टीका दस्तावेज तथा पुस्तक वितरण गरेको अवस्थामा गिरफ्तार गरिएको अछाम प्रहरीले जनाएको छ ।

गिरफ्तार गरिएका दुवै जनालाई राज्य विद्रोहको मुद्दा लगाउने तयारी भइरहेको अछाम प्रहरी प्रमुख जनकबहादुर शाहीले जानकारी दिए ।

अन्य

भिडियो