नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट क्रान्तिकारी विद्यार्थी सङ्गठनका कास्की जिल्ला उपाध्यक्ष आस्था नेपालीलाई चैत २४ गते प्रहरीले गिरफ्तार गरेको छ ।
स्याङ्जा जिल्ला घर भई हाल पोखरा मनपा-११ फूलबारी बस्दै आएकी नेपालीलाई कोठाबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, कास्कीका डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।