१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रोशी गाउँपालिका-१० टारेका २० वर्षीय रूपी हमाल विरूद्ध इलाका प्रहरी कार्यालय बनेपामा चैत १८ गते उजुरी परेको छ ।
आरोपितले पीडित बालिकालाई चैत १७ गते बेलुकी घरबाट पछ्याएर कोठामा लगि बलात्कार गरी भोलीपल्ट विहान ३ बजे घर अगाडी ल्याएर छोडेको भन्दै पडित पक्षले आरोपित विरूद्ध १८ गते इलाका प्रहरी कार्यालय बनेपामा उजुरी दिएका छन् । आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परिक्षण १८ गते धुलिखेल अस्पतालमा गरिएको प्रहरीले जनायो ।