नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नगर सदस्य रामग्राम नपा-१० का ५३ वर्षीय अग्लु थारुलाई चैत २२ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ । प्रहरी टोलीले आरोपितलाई घरबाट गिरफ्तार गरेको र अनुसान्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी विरेन्द्र थापाले बताए ।