INSEC Online

📅 २०८३ जेष्ठ २२

प्राध्यापकलाई मोसो दलेर दुर्व्यवहार

रामपुर कृषि तथा वन विज्ञान विश्वविद्यालयका कृषि संकायका प्रशासनिक सहायक डिन तथा प्राध्यापक विष्णुराज ओझालाई विद्यार्थीले चैत २१ गते दिउँसो मोसो दल्नुका साथै जुत्ताको माला लगाएर दुर्व्यवहार गरेका छन् ।

३० दिनमा सकाउनुपर्ने कोष चार दिन २२ घण्टाका दरले ८ लेक्चरमा सकाएको र १ सय ६५ विद्यार्थीलाई एउटै सेक्सनमा राखेर झारा टारेर कोर्ष सकाउने काम गरेको भन्दै विद्यार्थीहरुले ओझामाथि कालोमोसो दलेको बताएका छन् ।

घटनामा संलग्न कसैलाई पनि गिरफ्तार नगरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दुर्गाराज रेग्मीले बताए ।

अन्य

भिडियो