INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट गरी घर निकाला गरेको भन्दै पीडितद्वारा जेठाजु विरूद्ध उजुरी दर्ता

सान्नित्रिवेणी गाउँपालिका–२ की २० वर्षीया सविना बुढालाई ३० वर्षीय जेठाजु पूर्ण बुढाले कुटपिट गरी घर निकाला गरेको चैत २१ गते जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिएकी छिन् ।

परपुरूषसँग अनैतिक सम्बन्ध राखेको आरोप लगाउँदै जेठाजुले चैत २० गते राति घरमा कुटपिट गरी घर निकाला गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी विनोद शर्माले जानकारी दिए ।

जेठाजुको कुटाइबाट घाइते भएकी पीडित महिलाको उपचार जिल्ला अस्पताल कालिकोटमा गरिएको डिएसपी शर्माले बताए ।

पीडितको उजुरीका आधारमा आरोपितलाई तत्काल गिरफ्तार गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउने जिल्ला प्रहरी कार्यालय, कालिकोटले जनाएको छ ।

अन्य

भिडियो