सरकारले प्रतिबन्ध लगाएको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्ता गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
सो पार्टीका इलाम जिल्ला सेक्रेटरी दीपेन राई र जिल्ला सदस्य होम दहाललाई विर्तामोडबाट चैत २० गते गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी महेश खड्काले बताए । उनीहरु माथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।