INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेक प्रतिनिधिको रोहवरमा नेकपा रामेछापका इञ्चार्ज छुटे

जिल्ला प्रशासन कार्यालय रामेछापमा आत्म समर्पण गर्न आएका खाँडादेवी गाउँपालिका–१ राकाथुमका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सुनापती गाउँपालिका इञ्चार्ज ५६ वर्षीय लोकबहादुर राना मगरलाई प्रशासनले चैत २० गते इन्सेकका जिल्ला प्रतिनिधि नवराज पथिक र नेपाल पत्रकार महासङ्घ रामेछापका अध्यक्ष रमेश ढुङ्गेलको उपस्थितिमा छाडिदिएको छ ।

२०७३ देखि विप्लव पार्टीमा आवद्ध भई २०७४ मा सो पार्टीको गाउँपालिका इञ्चार्ज भएका रानामगर सरकारको खोजी सूचीमा रहेका थिए । सो पार्टीको हिंसात्मक गतिविधि आफूलाई उचित नलागेको र गतिविधि सन्तोषजनक नभएकोले आफुले सबै जिम्मेवारीका साथै पार्टी परित्याग गरी चैत २० गते आत्मासमर्पणको लागि जिल्ला प्रशासनमा आएको उनले बताए ।

पार्टी त्याग गरी स्वतन्त्र नागरिकको रुपमा बस्ने भन्दै प्रशासन समक्ष आत्मा समर्पण गर्न आएका राना मगरलाई प्रशासनले मानव अधिकारकर्मी र पत्रकारको उपस्थितिमा  बुधबार नै प्रशासन कार्यालयबाट छाडिदिएको छ । उनले सामाजिक काममा सक्रिया हुने प्रतिवद्धता व्यक्त गरेकोले छाडिदिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।

अन्य

भिडियो